श्रीलंकानजिक केमिकलले भरिएको जहाज डुब्दै, पर्यावरणमा गम्भीर असर पर्ने आशंका

नेपालखोज २०७८ जेठ १९ गते २१:२७
तस्बिर : बीबीसी हिन्दी

श्रीलंका । श्रीलंकाको तट नजिकै केमिकलले भरिएको एउटा मालवाहक जहाज डूब्न थालेको छ । जसका कारण पर्यावरणमा गम्भीर असर पर्ने आशंका गरिएको छ ।

सिंगापुरमा रजिस्टर एक्स-प्रेस पर्ल नाम गरेको उक्त जहाजमा पछिल्लो दुई सातादेखि आगो लागेको थियो । यसबाट निस्किने सयौं टन इन्जिन तेल समुन्द्रमा मिसिदा समुन्द्रमा रहेका जिवलाई अत्यन्त जोखिम हुन सक्ने आंकलन गरिएको छ ।

श्रीलंका र भारतका नौसेनाले मिलेर पछिल्ला केही दिनदेखि उक्त आगो निभाउने प्रयास गरेको थियो, ताकि उक्त जहाज समुन्द्रमा नडूब्न पाओस् । तर समुन्द्रमा उठ्ने तीव्र गतिको मनसुनी हावाका कारण आगो निभाउन सकिएको छैन् ।

प्रतिक्रिया