मंगलबार, वैशाख ३०, २०८२

विश्वकप छनोटमा चाइनिज ताइपेईसँग भिड्दै नेपाल

नेपालखोज २०७८ जेठ २० गते १०:०३

काठमाडौं । सन् २०२२ को फिफा विश्वकप र सन् २०२३ को एसिया कपको दोस्रो चरणको छनोटअन्तर्गत नेपालले आज चाइनिज ताइपेईसँग खेल्दै छ ।

विश्‍वकप र एसिया कप फुटबलका लागि भइरहेको एसियाली क्षेत्रको संयुक्त छनोट खेलको दोस्रो चरण आजदेखि कुवेतमा सुरु हुन लागेको हो । नेपालले दोस्रो चरणको आफ्नो पहिलो खेल चाइनिज ताइपेईसँग खेल्न लागेको हो । नेपाल र चाइनिज ताइपेईबीचको खेल कुवेतको कुवेतको जबर अल अहमद रंगशालामा नेपाली समयअनुसार राति ९:४५ मा सुरु हुनेछ ।

यसअघि भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २-० ले हराएको थियो । नेपाल जोर्डन र अस्ट्रेलियासँग भने हारेको थियो । नेपाल समूह चरणमा तीन अंकसहित चौथो स्थानमा छ । अस्ट्रेलिया १२ अंकसहित शीर्ष स्थानमा छ । जोर्डन र कुवेत समान १० अंकसहित क्रमश: दोस्रो र तेस्रो स्थानमा छन् ।

नेपालले जेठ २४ गते जोर्डनसँग र जेठ २८ गते अस्ट्रेलियासँग खेल्नेछ ।

नेपाली टिमका खेलाडी
गोलरक्षक : किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की
डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकास खवास
मिडफिल्डर : विशाल राई, मनीष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनील बल, सुरज ठकुरी, पुजन उपरकोटी, आयुष घलान
फरवार्ड : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा

प्रतिक्रिया