आइतबार, जेठ ६, २०८१

प्रदेश-१ काे वर्षे अधिवेशन जेठ २४ गतेका लागि आह्‌वान

नेपालखोज २०७८ जेठ २० गते १२:५७

काठमाडाैं । वर्षे अधिवेशनका लागि प्रदेश-१ यही जेठ २४ गते दिउँसो बस्ने भएकाे छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बिहान बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन बोलाउने निर्णय गरेको हो ।

अधिवेशनमा प्रि-बजेटमाथि छलफल हुने जनाइएकाे छ । कोरोना महामारी र राजनीतिक विवादका कारण कानुनअनुसार तोकिएको समयमा बजेट अधिवेशन आह्वान गर्न नसकेको प्रदेश सरकारले आर्थिक कार्यविधि ऐनलाई संशोधन गर्दै छलफलको समय घटाउने भएको छ ।

प्रदेशसभा भवनमा आउँदो २४ गते दिउँसो २ बजे अधिवेशन आह्वान गर्ने निर्णय गरेको बताइएकाे छ ।

प्रतिक्रिया