मंगलबार, जेठ १, २०८१

बागमती प्रदेशसभाको बैठकमा पनि एमालेको अवरोध, अर्को सूचना नआउँदासम्म बैठक नबस्ने

नेपालखोज २०७८ पुष ८ गते १६:२५

काठमाडौं । बागमती प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । आज बसेको बैठकमा मुख्यमन्त्रीले जवाझ नदिएसम्म बैठक चल्न नदिने अडान नेकपा एमालेले राखेको थियो

बैठकमा सभामुख सानुकुमार श्रेष्ठले कार्यसूची पेस गर्न लाग्दा एमालेका केशवराज पाण्डेले मुख्यमन्त्रीको जवाफ नआएसम्म बैठक चल्न नदिने बताए । उनले बुधबार बैठकमा आफ्नो दलले राखेका विषयमा उत्तर नदिएसम्म बैठक चल्न नसक्ने बताए ।

बैठकमा एमालेले अवरोध गरेपछि अर्को सूचना नआउँदासम्मका लागि बैठक स्थगित गरिएको सभामुख श्रेष्ठले बताए ।

प्रतिक्रिया