अमेरिकाले आठ कराेड डाेज खाेप आवश्यक परेका मुलुकलाई दिने
नेपालखोज
२०७८ जेठ २० गते १४:४५

काठमाडाैं । अमेरिकाले कोरोना भाइरसकाे महामारीविरुद्ध ८ करोड़ डाेज खाेप विश्वका विभिन्न मुलुकलाई उपलब्ध गराउने भएकाे छ । कोरोनाकाे दाेस्रो लहरसँग जुधिरहेका मुलुकले प्राथमिकताका आधारमा याे खाेप सहायता पाउने बताइएकाे छ ।
अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिकंनका अनुसार दुई हप्ताभित्र अमेरिकाले उपलब्ध गराउने खाेपकाे बिक्री-बितरणका सम्बन्धमा विस्तृत जानकारि सार्वजनिक गरिने छ ।
यसअघि राष्ट्रपति जो बाइडेन ले अमेरिकामा निर्मित फाइजर, माेडर्ना तथा जाेनसन एन्ड जाेनसनकाे २ करोड़ डाेज खाेप आवश्यक परेका मुलुकलाई उपलब्ध गराउने घाेषणा गरेका थिए । त्यसअघि नै अमेरिकाले ६ कराेड डाेज खाेप काेराेनासँग जुधिरहेका मुलुकहरुलाई दिने घाेषणा गरिसकेकाे छ ।
सम्बन्धित
प्रतिक्रिया