सरकारले भन्यो- पीसीआरदर घटाएका छैनौं (भिडियोसहित)

काठमाडौं । नेपालमा गएको हप्तादेखि बुधबारसम्मको पीसीआर परिक्षण हुने दर घट्न थालेपछि सबैतिर यसबारे चासो हुन थालेको छ । बुधबार मात्र १६ हजार ८७८ वटा स्वाब नमुना परीक्षण गर्दा ५ हजार ३१६ जनामा संक्रमण रहेको पुष्टि भएको छ । यो परीक्षणमा गएको नमुनाहरुको ३१.४९ प्रतिशत हो ।
त्यस्तै मृत्युको संख्या १०० जनाभन्दा माथि छ । यसरी परीक्षण गर्ने दर घट्न थालेपछि संक्रमणको जोखिममा नै निषेधाज्ञा हटाउने रणनीति लिएको हो कि भनेर शंका गर्न थालिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलले संक्रमणका लक्षण भएका व्यक्ति परीक्षण गर्न नआएको अथवा निषेधाज्ञाको कारण परीक्षण केन्द्रसम्म जान नसकेको मुख्य कारण हुन सक्ने बताएका छन् ।
सरकारले पीसीआर परीक्षण घटाउने नभइ बढाएको साथै एन्टीजेन परीक्षण पनि ७७ वटा जिल्लामा पुगिसकेको पौडेलको भनाइ छ ।

प्रतिक्रिया