बिहीबार, वैशाख २०, २०८१

अमेरिकामा काेराेनाविरुद्ध अनाैठाे खाेप अभियान

नेपालखोज २०७८ जेठ २० गते १५:४०

काठमाडाैं । अमेरिकि जनतालाई काेराेना खाेप प्रति जागरूक गर्ने उदेश्य ले राष्ट्रपति जे बाइडेनले एउटा अनाैठाे खाेप अभियान सुरु गर्दै भनेका छन् ‘गेट अ शट’ , ‘ह्याव अ बीयर’ अर्थात काेराेनाकाे एक डाेज खाेप लगाउ र एउटा बियर पिऊ ।

याे अभियानकाे मुख्य उदेश्य ४ जुलाईमा पर्ने अमेरिकि स्वतंत्रता दिवस सम्म ७० प्रतिशत अमेरिकिलाई खाेप लगाई सक्नु हो । व्हाइट हाउसले त्यसका लागि बियर उध्योग देखि लिएर साना शैलुनहरुसँग सम्म सहयाेगकाे अपेक्षा गरेकाे छ ।

बाइडेनले भनेका छन् स्वतंत्रता दिवसको दिनसम्म तमाम अमेरिकिहरुलाई कोरोना भाइरसबाट मुक्त गर्न चाहन्छु । अहिले अमेरिकाका ६३ प्रतिशत वयस्कले कोरोना विरुद्धको खाेपको कम से कम एक डाेज लगाई सकेका छन् ।

व्यापक खाेप अभियानकै कारण अमेरिकामा काेराेना बाट मर्नेहरुकाे संख्यामा ठुलाे कमि आएकाे कुरा बताइदै छ । अमेरिकामा अहिलेसम्म छ लाख भन्दा बढि मानिसले कोभिड कै कारण ज्यान गुमाईसकेका छन् ।

यद्यपि ताजा तथ्यांक अनुसार अहिले अमेरिकामा काेभिडका कारण हुने मृत्युदरमा ८५ प्रतिशत जसाे कमि आइसकेकाे छ जसकाे प्रमुख कारण जनसंख्याकाे ठुलाे भागले खाेपकाे पहिलाे डाेज प्राप्त गरिसक्नु हाे ।

व्हाइट हाउसका प्रेस सचिव जेन साकी का अनुसार अमेरिकि सरकार भ्याक्सीनेशन कार्यक्रम लाई अझ सरल बनाउन चाहन्छ ताकि यसमा सबैकाे पहुँच पुगाेस र काेराेनालाई कडा टक्कर दिन सकियाेस । राष्ट्रपति बाइडेनकाे नयाँ भ्याक्सीनेशन अभियानमा काला समुदायका मानिसलाई व्यापक रुपमा सहभागी गराउने प्रयास हुँदैछ ।

प्रतिक्रिया