चौबीस घण्टामा ५ हजार ९०४ जना डिस्चार्ज, ६ हजार ८२५ मा नयाँ संक्रमण पुष्टि

नेपालखोज २०७८ जेठ २० गते १७:०९

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा थप ५ हजार ९०४ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ५ हजार ९०४ जना निको भएसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ४ लाख ६७ हजार ४ सय ६७ पुगेको छ ।

त्यस्तै, पछिल्लो चौबीस घण्टामा थप ६ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज देभभरबाट १८ हजार ५ सय ६२ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५ हजार ८२५ जना र ३ हजार २११ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार गरि कुल ६ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ ।आज देशभर १ लाख १ हजार ८३९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

त्यस्तै पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणका कारण ७५ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७ हजार ६३० पुगेको छ ।

प्रतिक्रिया