शुक्रबार, चैत १६, २०८०

नोकिया सी-२० नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?

नेपालखोज २०७८ जेठ २० गते २०:०९

काठमाडौं । नोकिया सी २० नेपाली बजारमा सार्वजनिक भएको छ । एन्ड्रोइड ११ मा रन हुने यो फोनमा दुई वर्षको सेक्युरिटी अपडेट दिइएको छ । स्टनिङ नर्डिक डिजाइनबाट निर्मित फोन धेरैबेरसम्म टिक्ने र एक्सिडेन्ट प्रुफ रहेको कम्पनीले बताएको छ ।

५ मेगापिक्सेलको फ्रन्ट र रियर क्यामेराको साथ लो लाइटमा पनि प्रियजनहरुसँग अविष्मरणीय पलहरु कैद गर्न सकिने कम्पनीले जनाएको छ । ६.५ इन्चको एचडी प्लस स्क्रिन र ३ हजार एमएएचको ब्याट्री यो फोनको अर्को विशेषता हो ।

फोरजी कनेक्टिभिटी र अक्टाकोर प्रोसेसरको सुविधा दिइएको यो फोन स्यान्ड र डार्क ब्लु रंगमा उपलब्ध छ । नेपाली बजारमा २र३२ जीबी भेरियन्टको मूल्य १० हजार ९९९ रूपैयाँ तोकिएको छ ।

प्रतिक्रिया