शनिबार, असार २१, २०८२

मंगल ग्रहमा महासागरको नयाँ प्रमाण

नेपालखोज २०८१ कार्तिक २६ गते १५:३६

काठमाडाैं । मंगल ग्रहको परिक्रमा गरिरहेको चीनको रोभर जुरोङले पठाएको तथ्यांकबाट वैज्ञानिकहरूले अरबौं वर्षअघि उक्त ग्रहमा महासागरको नयाँ प्रमाण फेला पारेका छन् । वैज्ञानिकहरूका अनुसार जुरोङको तथ्याङ्कले मंगल ग्रहको उत्तरी तराईमा पाइने भूवैज्ञानिक विशेषताहरूलाई सङ्केत गरिरहेको छ जसले पुरानो तटरेखालाई सङ्केत गर्दछ।

अन्वेषकहरूका अनुसार चीनको तियानमेन अर्बिटर, नासाको मार्स रिकोनेसेन्स अर्बिटर तथा जुरोङको तथ्याङ्कले मंगल ग्रहमा महासागर रहेको देखाएको छ जबकि त्यतिबेला मंगल ग्रहको धेरैजसो भाग चिसो र सुख्खा भएको थियो भने यसको वायुमण्डलको अधिकांश हिस्सा पनि समाप्त भएको थियो । जुरोङ रोभर २०२१ मा मंगल ग्रहको उत्तरी तल्लो भूभागमा अवतरण गरेको थियो । यो रोभरको परिक्रमाका क्रममा उटोपिया प्लानिटिया भनिने उत्तरी गोलार्धमा मंगल ग्रहको सतहमा एउटा चट्टान देखियो ।

“हामी अनुमान गर्छौं कि मंगल ग्रहमा यूटोपिया प्लानिटिया लगभग ३.६८ बिलियन वर्ष पहिले बाढी आएको थियो”, साइन्टिफिक रिपोर्ट जर्नलमा प्रकाशित अनुसन्धानका प्रमुख लेखक र हङकङ पोलिटेक्निक विश्वविद्यालयका ग्रह वैज्ञानिक बो वूले भनेका छन । उनका अनुसार महासागरको सतह भूवैज्ञानिक रूपमा छोटो समयमै जमेर महासागर गायब भएको हुनुपर्छ ।

प्रतिक्रिया