निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ६९५ वटा सवारीसाधन प्रहरीको नियन्त्रणमा

नेपालखोज २०७८ जेठ २० गते २०:५४

काठमाडौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ६ सय ९५ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ६ सय ९३ वटा गाडी र १ हजार २ वटा मोटरसाइकल रहेका छन् ।

निषेधाज्ञा उल्लंघन गर्ने ८ सय ११ जनालाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ८१ हजार १ सय रुपैयाँ जरिवाना गरिएको छ ।

त्यस्तै, नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ७८ वटा भरेको अक्सिजन सिलिन्डर सङ्कलन गरिएको छ । सङ्कलन गरिएका सबै सिलिन्डर आज कोभिड अस्पताललाई बुझाएको छ ।

नेपाल प्रहरीले गत बैशाख २६ गतेदेखि हालसम्म जम्मा १० हजार ६ सय ३० वटा सिलिन्डर सङ्कलन गरी सम्बन्धित निकायलाई हस्तान्तरण प्रहरीले जनाएको छ ।

प्रतिक्रिया