भारत र पाकिस्तानबीच टुटेको भरोसा बहाल गर्ने जिम्मेवारी पाकिस्तानको : सेना प्रमुख नरवाणे

नेपालखोज २०७८ जेठ २० गते २१:०९

दिल्ली । भारतका सेना प्रमुख जनरल मनोज मुकुन्द नरवाणेले भारत र पाकिस्तानबीच टुटेको भरोसा बहाल गर्ने जिम्मेवारी पुरै पाकिस्तानको भएको बताएका छन् ।

जम्मु कस्मिरको भ्रमणका क्रममा उनले यस्तो बताएका हुन् । त्यसक्रममा उनले पाकिस्तानसँगको सिमारेखामा सुरक्षा व्यवस्थालाई कडा बनाउन निर्देशन पनि दिएको बीबीसी हिन्दीले जनाएको छ ।

पाकिस्तान र भारतबीच रहेको दशकौंदेखिको अविश्वास रातारात विश्वासमा परिणत हुनै नसक्ने बताउँदै नरवाणेले यदी संघर्षबिरामको सम्मान गर्ने भए पाकिस्तानले आतंकवादी पठाउन बन्द गर्नुपर्ने धारणा राखेका छन् ।

यदी यसो हुन सके पाकिस्तानसँगको विश्वास बढ्ने उनको भनाई छ । नरवाणे भारतीय क्षेत्रको सीमाको सुरक्षा व्यवस्थालाई बलियो बनाउन हालै जम्मु कश्मिर पुगेका हुन् ।

प्रतिक्रिया