मंगलबार, वैशाख ३०, २०८२

टोकियो ओलम्पिक २०२० तोकिएको समयमै हुने

नेपालखोज २०७८ जेठ २० गते २१:१५

जापान । जापानमा तय भएको टोकियो ओलम्पिक २०२० तोकिएको समयमै हुने आयोजकले दाबी गरेको छ । टोकियो ओलम्पिककी अध्यक्ष सिको हासिमोताले आज कुनै पनि हालतमा टोकियो ओलम्पिक नरोक्किने बताउँदै शत प्रतिशतरुपमा तोकिएको मितिमा हुने घोषणा गरेका हुन् ।

उनले प्रतियोगिताका खेलहरु दर्शकबिनै भएपनि संचालन हुने उनले बताए । ओलम्पिकको समयमा कुनै पनि विदेशी दर्शकहरुलाई अनुमित नदिइने सिकोले स्पष्ट पारे ।

प्रतियोगिता जुलाई २३ मा जापानको टोकियोमा शुरु हुने तय छ । तर जापान हाल कोरोनाको चौथो लहरबाट ग्रस्त बनेको भन्दै खेल हुनेमा आशंका व्यक्त गरिँदै आइएको छ ।

प्रतिक्रिया