सर्वोच्च अदालतको पूर्ण बैठक बस्दै

नेपालखोज २०७८ जेठ २१ गते ८:५२

काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठक आज बस्दै छ । कोरोनाबाट संकुचित सेवा विस्तारलगायतका विषयमा छलफलका लागि बैठक बस्न लागेको हो ।

निषेधाज्ञा लम्बिँदै जाँदा अदालतले सेवा प्रवाहलाई व्यवस्थित गर्नेबारे छलफलका लागि पूर्ण बैठक बस्न लागेको सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिएका छन् । उनकाअनुसार छलफलमा २० न्यायाधीश सहभागी हुदैँछन् ।

’फुल कोर्ट’को बैठकमा संवैधानिक इजलास गठनसम्बन्धी नियमावली संशोधनको विषय प्रवेश पाउने बुझिएको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र सर्वोच्च अदालत बार एशोसिशनका पदाधिकारीबीच संवैधानिक इजलास सञ्चालनसम्बन्धी नियमावली संशोधन लगायतबारे भएको सहमति भएको थियो ।

संवैधानिक इजलास गठनपछि विवाद भएपछि हालै वरिष्ठतम न्यायाधीश रहनेगरि नियमावली संशोधनमा सहमति भएको थियो । उक्तसहमति अनुसार नियमावली संशोधनको प्रक्रिया फूल कोर्टबाट अघि बढ्नेछ ।

प्रतिक्रिया