आज तत्कालीन राजा दीपेन्द्र स्वर्गारोहण भएको दिन

काठमाडाैं । आज ४ जुन, विश्व इतिहासमा आजको दिन केही घटनाका कारण पनि स्मरण गरिन्छ । त्यसमा पनि आजको दिन नेपालीहरुका लागि पनि महत्त्वपूर्ण छ किनभने जेठ १९ को शाहि नरसंहार पछि आजकै दिन अर्थात २००१ को जुन ४ मा तत्कालीन महाराजधिराज दीपेन्द्र वीर विक्रम शाहको निधन भएको हो ।
दरबार हत्याकाण्डमा घाइते भै अस्पताल भर्ना भएका युवराज दिपेन्द्र राजा बिरेन्द्रको निधन पछि सिकिस्त घाइते अवस्थामै राजा घोषित भै त्यही अवस्थामा आजको दिन मुत्यु भएकाे थियाे । दिपेन्द्र शाहको मृत्यु पछि नै ज्ञानेन्द्र वीर बिक्रम शाहले शाह बंशको उत्तराधिकार सम्हालेका हुन् ।
इतिहासका प्रतेक दिन कुनै न कुनै महत्त्वपूर्ण घटना घटिरहेकै हुन्छ । यसक्रममा ४ जून १९८९ मा चिनको तियानमेन स्क्वायरमा घटेको घटना पनि स्मरणीय छ ।
किन भने उक्त घटनाले संसारमै एउटा अलग छाप छोडेको छ , निरंकुश एकदलिय कम्युनिस्ट शासनका विरुद्ध प्रजातन्त्रको चाहना अभिव्यत्त गर्ने बिद्रोह का रुपमा ।
यो दिन बेईजिङको तियानमेन स्क्वायरमा प्रजातान्त्रिक अधिकारहरुको माग गर्दै शांतिपूर्वक प्रदर्शन गरिरहेका निहत्था नागरिक माथि चिनियाँ शैनिकले बंदूक तथा टेङकहरु प्रयोग गरि नरसंहार मच्चाएको थियो ।
( आजकै दिन सन् १९२९ मा जर्ज ईस्टमेन ले पहिलो रंगीन चलचित्रको नमूना प्रस्तुत गरेका थिए जसको स्मरणमा रंगिन चलचित्रलाई पछिसम्म ईस्टमेन कलर पनि भनियो ।
( १९९१ मा आज जुन ४ कै दिन युरोपेलि मुलुक अल्बानियामा गैर साम्यवादी सरकार स्थापना भयो । द्वितीय विश्व युद्ध पछि कम्युनिस्ट शासनको पतन भै प्रजातान्त्रिक सरकारले सत्ता हातमा लिएमने यो नै पहिलो घटना थियो ।

प्रतिक्रिया