सुनचाँदीकाे मूल्य घट्याे, कतिमा हुँदै छ काराेबार ?
नेपालखोज
२०७८ जेठ २१ गते १०:४८

काठमाडौं । नेपाली बजारमा आज सुन १५ सय रुपैयाँले घटेको छ । सुन आज प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन हिजो तोलाको ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९२ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी चाँदीको मूल्य आज ३५ रुपैयाँले घटेको छ । चाँदी आज तोलाको १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदी १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया