नेपाली काङ्ग्रेसको प्रवास संगठ्न जनसम्पर्क समितिद्वारा ४ लाख २० हजार रुपैयाँ सहयाेग
नेपालखोज
२०७८ जेठ २१ गते ११:०५

दोहा । नेपालमा काेराेनाकाे दाेस्राे लगर फैलदै गएपछि विदेशमा रहेका विभिन्न संघ-संस्थाले नेपालमा काेराेनाविरूद्धकाे लडाईमा सहयाेग गरिरहेका छन् । यसैबीच जनसम्पर्क समिति कतारले पनि नेपालमा कोरोना भाइरसको दोस्रो लहरविरूद्ध लड्न आर्थिक सहयोग रकम नेपाल पठाएको छ ।
नेपाली काङ्ग्रेसको प्रवास संगठ्न जनसम्पर्क समिति कतारले कोभिड-१९ महाविपत्तिको रोकथाम र उपचार सहयोगार्थ ४ लाख २० हजार रुपैयाँ सहयोग रकम नेपाल पठाएको समितिका सभापति अजिज अलीले जानकारी दिए ।
सभापति अलीका अनुसार ३ लाख ५० हजार रुपैयाँ नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालयको खातामा, २ वटा अक्सिजन सिलिन्डर एनआरएनए मध्यपूर्वमार्फत सहयोग गरेको बताए ।
सम्बन्धित

प्रतिक्रिया