सुदूरपश्चिम संसदीय दलका नेता शाहसँग ४८ घण्टे स्पष्टीकरण माग

काठमाडौं । सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेका छन् ।
पार्टी निर्णय विपरीत सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारलाई समर्थन जारी राख्ने निर्णय गरेका सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता शाहलाई अध्यक्ष ओलीले शाहलाई ४८ घण्टे स्पष्टीकरण सोधेको एमालेका प्रदेश अध्यक्ष कर्ण थापाले जानकारी दिए ।
पार्टी स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारमाथिको समर्थन फिर्ता लिने निर्णय गर्दासमेत प्रदेश संसदीय दलले पार्टीको निर्देशन विपरीत निर्णय गरी अघि बढेको जनाइ कारबाही प्रक्रिया थालेको बताइएको छ ।
एमाले केन्द्रीय सदस्य शाहलाई अध्यक्ष ओलीले एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको विधानसमेतका आधारमा पार्टीको साधारण सदस्यसमेत नरहने गरी किन निष्कासन नगर्ने भनी चित्त बुझ्दो जवाफ माग गरिएको छ ।

प्रतिक्रिया