नागरिकता अध्यादेशविरुद्धको रिटको सुनुवाइ आगामी २७ गते गर्ने गरी हेर्दाहेर्दैमा
नेपालखोज
२०७८ जेठ २१ गते १५:१५

काठमाडौं । नागरिकता अध्यादेशविरुद्धको रिटको सुनुवाइ ‘हेर्दाहेर्दै’ मा राखिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सबै रिटमाथिको सुनुवाइ नसकिएपछि आगामी २७ गते गर्ने गरी हेर्दाहेर्दैमा राखिएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आजै वरिष्ठताको आधारमा इजलास गठन गरेपछि सुनुवाइ सुरू भएको थियो । सरकारले ल्याएको अध्यादेशविरुद्ध ६ वटा रिट निवेदन परेका छन् । आज चार रिटको सुनुवाइ भएको छ भने दुई वटाको बाँकी रहेर हेर्दाहेर्दैमा गएको हो ।
सम्बन्धित

प्रतिक्रिया