पार्टीले असंवैधानिक तरिकाले हटाएको भन्दै नेता थापाद्वारा सर्वोच्चमा रिट दर्ता
नेपालखोज
२०७८ जेठ २१ गते १५:३६

काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सभा सदस्यबाट हटाएका नेता कृष्ण थापाले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । आफूलाई पार्टीले असंवैधानिक तरिकाले हटाएको भन्दै पद पुनर्स्थापनाको माग गर्दै थापाले सर्वोच्चमा रिट निवेदन दर्ता गराएका हुन् ।
उनको रिटको प्रारम्भिक सुनुवाइ आइतबारका लागि तोकिएको सर्वोच्च अदालतले जनाएको छ । गण्डकी प्रदेशमा पार्टीको निर्णयलाई अटेर गरेर नयाँ सरकार बनाउन साथ नदिएको भन्दै थापालाई जनमोर्चाले प्रदेश सभा सदस्यबाट हटाएको थियो ।
सम्बन्धित

प्रतिक्रिया