शुक्रबार, जेठ ४, २०८१

कर्णाली प्रदेश सभाको आठौं अधिवेशन जेठ २४ गतेका लागि आह्वान

नेपालखोज २०७८ जेठ २१ गते १५:५४

सुर्खेत । कर्णाली प्रदेश सभाको आठौं (बर्षे) अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले अधिवेशन यहि जेठ २४ गतेका लागि लागि आह्वान गरेका हुन् ।

अधिवेशन नेपालको सविधानको धारा १८३ को उपधारा (१) बमोजिम जेठ २४ गते दिउँसो २ बजेदेखि सुरु हुनेछ ।
बिहीबार बसेको सर्वदलीय बैठकले प्रदेशसभाको वर्षे अधिवेशन अविलम्ब बोलाउन आग्रह गरेको थियो ।

नेकपा एमालेले भने बजेट अधिवेशन बोलाउन यसअघि नै आग्रह गरिसकेको थियो । प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९का लागि झण्डै ३० अर्बको बजेट ल्याउने तयारी गरेको छ ।

प्रतिक्रिया