सोमबार, वैशाख २४, २०८१

१४ अंकले नेप्से बढ्दा ९३ करोडको सेयर किनबेच

नेपालखोज २०७९ पुष ५ गते १५:२७

काठमाडौं । नेप्सेको उकालो यात्राले साताको तेस्रो कारोबार दिन मंगलबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन झण्डै चार अंकले बढेको नेप्से आज पुन १४ दशमलव २२ अंकले बढेर १८ सय ७३ दशमलव ११ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ६८ अंकले बढेर तीन सय ६६ दशमलव ६५ अंकमा पुगेको छ ।

नेप्सेमा आज दुई सय ५७ वटा कम्पनीहरुको २३ हजार तीन सय ४४ पटकको कारोबारमा ३० लाख २२ हजार ५२ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम ९३ करोड आठ लाख ३९ हजार नौं सय एक रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको कारोबार भएकोमा १३ वटै समूहहरुको सूचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये वाणिज्य बैंक समूहको सूचक ६ दशमलव ८७ अंकले बढेर १२ सय ७२ दशमलव ११ अंकमा पुगेको छ भने बिकास बैंक समूहको सूचक पनि आनठ दशमलव ३० अंकले बढेर तीन हजार दुई सय ९८ दशमलव २९ अंकमा पुगेको छ ।

जलबिद्युत समूहको सूचक पनि १४ दशमलव ८५ अंकले बढेर १९ सय ६३ दशमलव ८४ अंकमा पुगेको छ । जीवन बीमा समूहको सूचक पनि ८३ दशमलव ८५ अंकले बढेर नौं हजार एक सय ३६ दशमलव ८३ अंकमा पुगेको छ । निर्जिवन बिमा समूहको सूचक पनि ७ दशमलव ८३ अंकले बढेर सात हजार चार सय ३७ दशमलव १५ अंकमा पुगेकोमा फाइनान्स, होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र टे«डिङ समूहहरुको सूचक पनि बढेका छन् ।

नेप्सेमा आज आँधीखोला लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर १५ सय सात रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा सनराईज ब्लुचिप फण्डको प्रतियुनिट सेयर मुल्य चार दशमलव ६७ प्रतिशतले घटेर सात रुपैयाँ १५ पैसामा प्रतियुनिट सेयर कारोबार भएको छ ।

यसैगरी आज नेपाल टेलिकमको प्रतिकित्ता नौं सय ३१ रुपैयाँ अन्तिम मुल्यमा ६ करोड ३८ लाख ३७ हजार दुई सय १८ रुपैयाँ ६० पैसाको सेयर किनबेच भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया