प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् विस्तार : कसलाई कुन मन्त्रालय ? (नामसहित)
नेपालखोज
२०७८ जेठ २१ गते १७:१८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । ओलीले जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षलाई सरकारमा सहभागी गराएका हुन् ।
प्रधानमन्त्री ओली र जसपा ठाकुर पक्षबीच भएको सहमति अनुसार ठाकुर पक्षबाट आठजना मन्त्री र दुईजनाले राज्यमन्त्रीले पाएका छन् ।
स्रोतका अनुसार राजेन्द्र महतोले- उपप्रधानमन्त्री तथा सहरी विकास, शरदसिंह भण्डारी- ऊर्जा तथा जलस्रोत, अनिल झा- खानेपानी तथा सरसफाई, लक्ष्मणलाल कर्ण- भूमि व्यवस्था तथा सहकारी, बिमल श्रीवास्तव- श्रम तथा रोजगार, उमाशंकर अरगरिया- वन तथा वातावरण, चन्दा चौधरी- महिला तथा बालबालिका, एकवाल मियाँ- युवा तथा खेलकूद, चन्द्रकान्त चौधरी- ऊर्जा राज्यमन्त्री, रेणुका गुरुङ- महिला बालबालिका राज्यमन्त्री पाएका छन् ।
उनीहरुलाई आजै ६ बजे शपथग्रहण गराउने तयारी गरिएको छ ।
सम्बन्धित

प्रतिक्रिया