निषेधाज्ञा अवधिभर अत्यावश्यक कामका लागि मात्रै राहदानी उपलब्ध गराइने
नेपालखोज
२०७८ जेठ २१ गते १७:३९

काठमाडौं । राहदानी विभागले निषेधाज्ञा अवधिभर स्वास्थ्य उपचार वा अन्य अत्यावश्यक आवतजावतका लागि मात्रै राहदानी उपलब्ध गराउने भएको छ ।
शुक्रबारदेखि ३१ गतेसम्मको लागि तोकिएको निषेधाज्ञाको समयमा स्वास्थ्य उपचार वा अन्य अत्यावश्यक कामको सिलसिलामा विदेश जानुपर्ने व्यक्तिले तोकिएको समयमा मात्र राहदानी बनाउन आउन सक्ने विभागले विज्ञप्तिमार्फत जनाएको छ ।
जेठ २३ गते आइतबार, २५ गते मंगलबार, २७ गते बिहीबार र ३० गते शुक्रबारका दिन विभाग खुल्ला रहने छ । यी दिनमा बिहान ११ बजेदेखि दिउँसोको दुई बजेभित्र राहदानी बनाउनका लागि विभागमा जान पर्नेछ । स्वास्थ्य उपचार वा अन्य अत्यावश्यक कामको सिलसिलामा विदेश जानुपर्ने व्यक्तिको बाहेक यो समयमा राहदानी जारी हुने छैन् ।

सम्बन्धित

प्रतिक्रिया