ठाकुर-राजेन्द्र महतो पक्ष सरकारमा सहभागी भएसँगै आले, तुम्बाहाङफे र महतो मन्त्रीपदबाट हट्दै

नेपालखोज २०७८ जेठ २१ गते १८:०६

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर-राजेन्द्र महतो पक्ष सरकारमा सहभागी भएसँगै एमालेका तर्फबाट मन्त्री बनेका तीनजना बिदा हुने पक्का भएकाे छ ।

तीमध्ये भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङफे, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुली महतो र वन तथा वातावरणमन्त्री प्रेम आले मन्त्री तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल पदबाट बिदा हुने भएका हुन् ।

प्रतिक्रिया