भारतबाट ‘जी टु जी’ मार्फत मल खरिद प्रक्रिया अघि बढाउने सरकारको निर्णय

नेपालखोज २०७८ जेठ २१ गते १९:३४

काठमाडौं । सरकारले रासायनिक मल आयातका लागि भारतसँग ‘जी टु जी’ मार्फत खरिद प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल सरकार र भारत सरकारबीच रासायनिक मलको आयातका लागि जी टु जी मार्फत खरिद प्रक्रिया अगाडि बढाउन स्वीकृति दिने निर्णय भएको जानकारी दिए ।

त्यस्तै बैठकले सगरमाथा संवादको आयोजना गर्ने निर्णय गरेको छ । जेष्ठ १०, १३, १५, १७ र २० गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सुनाउँदै मन्त्री गुरुङले प्रमुख जिल्ला अधिकारीहरूलाई कोभिड–१९ को पदाधिकारी मुकरर गर्ने निर्णय गरेको बताए ।

त्यस्तै, नेपाल सरकारको स्वामित्वमा रहेको जर्मनीस्थित घरजग्गा बिक्री गर्ने र हरेक वर्ष पुस ११ गते राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया