आईसीसी विश्वकप सुपर लिग : आयरल्यान्डसँग नेदरल्यान्ड्स पराजित
नेपालखोज
२०७८ जेठ २२ गते ६:५०

काठमाडौं । आईसीसी विश्वकप सुपर लिग क्रिकेटको दोस्रो एकदिवसीय क्रिकेटमा आयरल्यान्डले नेदरल्यान्ड्सलाई पराजित गरेको छ ।
आयरल्यान्डले नेदरल्यान्ड्सलाई ८ विकेटले हराएको हो । नेदरल्यान्ड्सले दिएको १ सय ५८ रनको लक्ष्य आयरल्यान्डले ४३ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।
यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ५७ रन बनाएको थियो । जितसँगै आयरल्यान्डले तीन खेलको सिरिज १(१ को बराबरी गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया