सोमबार, असार २, २०८२

यस वर्ष सल्यानमा २३ प्रतिशतले घट्यो गहुँको उत्पादन

नेपालखोज २०७८ जेठ २२ गते ७:३६

सल्यान । जिल्लामा यस वर्ष गहुँ उत्पादनमा भारी गिरावट आएको छ । जिल्लाको प्रमुख खाद्यन्न बालीमा पर्ने गहुँ उत्पादनमा यो वर्ष घटेको हो ।

जिल्लाभर १४ हजार २ सय १७ हेक्टर क्षेत्रफलमा लगाएको गहुँ २७ हजार ३ सय ५० मेटिक्टन मात्र उत्पादन भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।

गत वर्ष १४ हजार २ सय ३० हेक्टर क्षेत्रफलमा २५ हजार ६ सय १० मेटिक्टन गहुँ उत्पादन भएको थियो । यो गत वर्षको तुलनामा २३ दशमलव २ प्रतिशतले कम उत्पादन भएको कार्यालयका सूचना अधिकारी रेशम कुमार बस्नेतले जानकारी दिएका छन् ।

खडेरीका कारण पाखोबारीमा निकै कम मात्रामा उत्पादन भएको उनको भनाई छ ।

प्रतिक्रिया