पञ्चेश्वरले जुनसुुकै घटनाका घाइते र मृतकका परिवारलाई राहत दिने

नेपालखोज २०७८ जेठ २२ गते ७:५९

बैतडी । जिल्लाको पञ्चेश्वर गाउँपालिकाले विभिन्न दुर्घटनामा घाइते र मृत्यु भएका १० परिवारका लागि राहत दिने भएको छ ।

महिला लक्षित कार्यक्रमबाट यसै आर्थिक वर्षमा अनुदान दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिए ।

गत वैशाख २० गते चट्याङ लागेर मृत्यु भएका वडा सदस्य गोविन्दसिंह भण्डारीको परिवार र वैशाख २१ गते भएको जिप दुर्घटना परी मृत्यु भएका परिवारलाई राहत दिइने भएको हो ।

त्यसैगरी अन्य विभिन्न घटनाका घाइते तथा मृतकका परिवारलाई राहत दिइएको र केहि दिने क्रममै रहेको बताइएको छ ।

प्रतिक्रिया