मंगलबार, मंसिर १८, २०८१

आगामी रणनीति तय गर्दै नेपाल-खनाल समूह

नेपालखोज २०७८ जेठ २२ गते ९:२५

काठमाडौं । नेकपा एमाले नेपाल-खनाल समूहको स्थायी कमिटी बैठक बस्दै छ । आज दिउँसो १ बजेका लागि डाकिएको बैठकमा आफूपक्षीय केन्द्रीय कमिटी सदस्यहरूबाट आएको सुझावमा छलफल गरेर आगामी रणनीति तय हुने नेपाल-खनाल पक्षका एक नेताले नेपालखोजलाई बताएका छन् ।

नेपाल-खनाल समूहका केन्द्रीय सदस्यले बिहीबार र शुक्रबार भर्चुअल माध्यमबाट सम्भव भएसम्म निश्चित समय तोकेर पार्टी एकतालाई अघि बढाउन सुझाव दिएका थिए । निश्चित समयमा पनि पार्टी एक नभए वारपार गरेर अघि बढ्न उनीहरुले नेतृत्वलाई दबाब दिएका छन् ।

आजै नेता नेपालले आफूपक्षीय जिल्ला पदाधिकारीहरूसँग पनि छलफल गर्दै छन् ।

प्रतिक्रिया