मंगलबार, वैशाख ३०, २०८२

‘विपत्‌को सामना गर्न पूर्वतयारी गरिरहेका छाैं’ (भिडियोसहित)

नेपालखोज २०७८ जेठ २२ गते १२:५१

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको विपद्को सामना गर्न पूर्वतयारी गरिरहेको बताएको छ ।

प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले यस वर्ष मनसुनको समयमा आइपर्ने विपद्हरु बाढी, पहिरोको घटनाको प्रतिकार्य गर्नका लागि प्राधिकरणले केन्द्रदेखि स्थानीय तहसम्म छलफल सुरु गरेर तयारी थालेको बताए ।

कोभिड संक्रमणको जोखिम शहरबाट गाउँ गाउँ पुगेको अवस्थामा विपद्को उद्धामा खट्ने जनशक्तिलाई संक्रमण हुनबाट कसरि बचाउने भन्न चुनौति रहेको प्रमुख पोखरेलले बताए ।

विपद् उद्धार व्यवस्थापन गर्न पहिलो पक्ष स्थानीय सरकार भएकोले र अहिले स्थानीय सरकारहरुले विपद्पूर्वको काम गरिरहेको पनि प्रमुख पोखरेलले बताए ।

सरकारले विपदको समयमा खट्ने वर्गको पहिचान गरि खोप लगाउन सके काममा सहज हुने बताए । विपद् उद्धारमा खट्ने फ्रन्टलाइनर्सहरुलाई कोभिड-१९ विरुद्धको खोपको व्यवस्थापन गर्नेबारे सम्बन्धित मन्त्रालयसँग छलफल भइरहेको पनि उनले जानकारी दिए ।

यस वर्ष विपद्का घटना बढ्नसक्ने सम्भावना रहेको भन्दै उनले जोखिम कम गर्ने सम्बन्धमा पूर्वतयारी थाल्नपनि सबैको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया