बिहीबार, वैशाख २०, २०८१

चौबीस घण्टामा ८ हजार २४३ जना डिस्चार्ज, ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि

नेपालखोज २०७८ जेठ २२ गते १८:०५

काठमाडौं । नेपालमा चौबीस घण्टामा ८ हजार २४३ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । यससँगै निको हुनेको कुल संख्या ४ लाख ८४ हजार ३७३ पुगेको छ । हाल नेपालमा कोरोना संक्रमण मुक्त हुने दर ८२ दशमलव ८ प्रतिशत रहेको छ ।

त्यस्तै चौबीस घण्टामा थप ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ४७१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३ हजार ५४० जना र एन्टिजेन विधिबाट ५ हजार ३४३ जनाको कोरोना परीक्षण गर्दा १५०२ गरि कुल ५ हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख ८५ हजार १०० (पीसीआर) र १ लाख ३१ हजार ४ (एन्टिजेन) पुगेको छ । त्यस्तै चौबीस घण्टामा कोरोना संक्रमणका काररण थप ६८ जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७ हजार ७९९ पुगेको छ ।

प्रतिक्रिया