आइतबार, जेठ १२, २०८२

‘जिम्मेवार पदमा रहेकै व्यक्तिबाट राष्ट्रिय हितप्रतिकूल अभिव्यक्ति आउनु दुर्भाग्य’

नेपालखोज २०७८ जेठ २२ गते १७:०१

काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्ति संविधान विरोधी भएको उल्लेख गरेका छन् । नेता विष्टले राज्यको जिम्मेवार पदमा बसेको व्यक्तिबाट भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकूल अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण रहेको बताएका हुन् ।

विष्टले सामाजिक सञ्जालमार्फत भनेका छन् ‘उपप्रधानमन्त्री राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने’ भनि दिएको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकूल छ, जिम्मेवार पदमा रहेका व्यक्तिबाट यसप्रकारको अराजक र संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण छ ।’

प्रतिक्रिया