अस्ट्रेलियाले सहयोग गरेको स्वास्थ्य सामग्री नेपाललाई हस्तान्तरण
नेपालखोज
२०७८ जेठ २२ गते १९:०५

काठमाडौं । कोभिड–१९ को प्रतिकार्यका लागि नेपाली सेनाबाट खटिने स्वास्थ्यकर्मीका लागि आवश्यक स्वास्थ्य सामाग्री अस्ट्रेलिया सरकारले उपलब्ध गराएको छ ।
बलाधिकृत रथी प्रभुराम शर्मालाई नेपालका लागि अस्ट्रेलियाका राजदुत फिलिसिटी जाने भोल्कले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित कार्यक्रममा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।

सो अवसरमा रथी शर्माले अस्ट्रेलियाले गरेको सहयोग प्रति आभार व्यक्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । अस्ट्रेलियन एयर फोर्सको जहाज मार्फत् स्वास्थ्य सामग्री आज स्वदेश ल्याइएको सेनाले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया