कांग्रेस नेता श्रेष्ठको निधनप्रति वरिष्ठ नेता पौडेलद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका नेता महेश्वरलाल श्रेष्ठको निधन प्रति वरिष्ठ नेता रामचन्द्र पौडेलले दुःख व्यक्त गरेका छन् ।
उनले भनेका छन- ‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा २००७ साल देखिनै अनवरत रुपमा लागिरहनु भएका अथक र संघर्षशील योद्धा तथा अन्त्यन्तै निस्ठावान हामी सबैका नेता महेश्वरलाल श्रेष्ठको निधनले मलाई अत्यन्तै मर्माहत बनाएको छ । नेपाली कांग्रेसका पुराना नेता श्रेष्ठ सत्याग्रह आन्दोलनमा समेत सहभागी भै सुवर्ण शमशेरको नेतृत्वमा भरतपुर कब्जा गर्ने आन्दोलनको नेतृत्वदायी भुमिका निर्वाह गर्नुभएको थियो ।
देश र जनताको लागि लामो समय जेल जीवन बिताएर पनि कुनै लाभको पद नलिनुभएका श्रेष्ठ पार्टीमा अत्यन्तै इमानदार छविका नेताको रुपमा चिनिनुहन्थ्यो । दुःखको यस घडिमा श्रेष्ठको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति, सिङ्गो नेपाली काङ्ग्रेस पार्टी र चितवन जिल्लाका आम जनतामा गहिरो समवेदना प्रकट गर्दछु ।’
८४ वर्षका श्रेष्ठको शनिबार बिहान ८ बजे काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा निधन भएकाे थियाे ।

प्रतिक्रिया