बिहीबार, मंसिर २७, २०८१

थापाको रिट न्यायाधीश चुडालको एकल इजलासमा

नेपालखोज २०७८ जेठ २३ गते ११:३८

काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सभा सदस्यबाट पदमुक्त गरेपछि न्यायका लागि सर्वोच्च पुगेका कृष्ण थापाको मुद्दा न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा तोकिएको छ ।

आफ्नो सांसद पद खारेज गर्ने जनमोर्चाको निर्णय बदर गर्न माग गर्दै थापाले सर्वोच्चमा रिट दायर गरेका थिए । आजको लागि तोकिएको पेसी चुडालको इजलासमा राखिएको सर्वाेच्चले जनाएको छ ।

थापाले रिट निवेदनमा सांसद पद यथावत राखिपाऊँ भनेका छन् । पार्टी निर्देशनविपरीत गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार जोगाउन लागेपछि उनलाई जनमोर्चाले कारबाही गरेको थियो ।

जनमोर्चा केन्द्रीय सदस्य समेत रहेका थापालाई पार्टी साधारण सदस्य समेत नरहने गरी १ वर्षका लागि निलम्बन गरिएको छ । उक्त निर्णय गत बिहीबार संसद सचिवालयलाई गराएको थियो ।

प्रतिक्रिया