चौबीस घण्टामा ६ हजार ६३६ जना डिस्चार्ज, ३ हजार ४७९ जनामा कोराना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा थप ६ हजार ६३६ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । आज देशभर ८९ हजार दुई सय १७ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
जसमध्ये होम आइसोलेसनमा ८२ हजार ७ सय ३ जना र सस्थागत आइसोलेसनमा ६ हजार ५१४ जना बसेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये एक हजार ४४२ जना आईसीयू र ३८१ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । आज देशभर ७३१ जना क्वारेन्टाइनमा रहेका छन् ।
आज ४७ जिल्लामा संक्रिय संक्रमितको संख्या ५ सय भन्दा धेरै रहेको छ । ती जिल्लाहरुमा जनस्वास्थ्यका मापदण्ड पालना कडाइका साथ गर्नुपर्नेमा मन्त्रालयले जोड दिएको छ ।
त्यस्तै, पछिल्लो चौबीस घण्टामा थप ३ हजार ४७९ जनामा कोराना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।देशभरबाट १० हजार ४७१ जनाको पीसीआर परीक्षण गर्दा ३०२४ र ३२६२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४५५ जना गरि कुल ३ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, चौैबीस घण्टामा थप ९९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७ हजार ८९८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले आजको कोभिड १९ प्रेस ब्रिफिङमा संक्रमित हुनेमा पुरुष बढि रहेको बताएका छन् ।पछिल्लो साताको विवरण हेर्दा संक्रमित हुनेभन्दा निको हुनेको सख्या बढ्दै गएको पाइएको छ । आज थपिएकामध्ये काठमाडौं उपत्यकाका मात्र एक हजार १३१ जना रहेका छन् । तीमध्ये काठमाडौंका ७३१, ललितपुरका २५४ र भक्तपुरका १४६ जना रहेका छन् ।
प्रतिक्रिया