श्रीलंकामा भारी वर्षा : १४ जनाको मृत्यु, २ लाख ४५ हजार बढी प्रभावित

नेपालखोज २०७८ जेठ २३ गते १९:५१
साँकेतिक तस्बिर

श्रीलङ्का । श्रीलङ्कामा भारी वर्षाका कारण १४ जनाको मृत्यु भएको छ । वर्षाका कारण दुई लाख ४५ हजारभन्दा बढी मानिस प्रभावित भएको अधिकारीहरूले बताएका छन् ।

बर्षापछि आएको बाढीका कारण केही व्यक्ति वेपत्ता भएको बताइएको छ । श्रीलङ्काको विपत् ब्यवस्थापन केन्द्रका अनुसार १५ हजार ६५८ व्यक्तिलाई जोखिमयुक्त स्थानबाट सुरक्षितस्थलमा सारिएको छ ।

श्रीलङ्काको मौसम विज्ञान विभागले आगामी केही दिनमा कतिपय स्थानमा १५० मिलिमिटरभन्दा बढी बर्षा हुने पूर्वानुमान गरेको छ । त्यस्तै श्रीलङ्काको नौसेनाले बर्षापछि नदी किनारहरू र गहिरो क्षेत्रका बस्तीमा जोखिम बढ्ने चिन्ता व्यक्त गरेको छ ।

प्रतिक्रिया