बजेट कार्यान्वयनमा चुनौती देखिएको छ : सुवेदी
नेपालखोज
२०७८ जेठ २४ गते ९:३९
काठमाडौं । पूर्वअर्थसचिव शान्तराज सुवेदीले वर्तमान सरकारले ल्याएको बजेट कार्यान्वयनमा चुनौती देखिएको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आज भर्चुअल माध्यमबाट गरेको बजेट कार्यान्वयन र चुनौती विषयक अन्तर्क्रियामा उनले बजेटमा महत्त्वाकांक्षी रुपमा प्रस्तुत गरेकाले कार्यान्वयनमा चुनौती देखिएको बताए । उनले भने, ‘बजेट कार्यान्वयनमा जानुअघि चुनौती देखिएको छ । यही सरकारले चुनाव गर्यो र निरन्तरता पायो भने बजेटले सार्थकता पाउँछ । तर संसद्मा राजनीतिक फेरबदल भए कार्यान्वयनमा चुनौती आउने पक्का छ ।’
उनले बजेट कार्यान्वयन सुरु हुनेबेलामा चुनाव भए झन् कार्यान्वयनमा चुनौती हुने देखिएको बताए ।
सम्बन्धित
प्रतिक्रिया