नेप्सेमा तीन कम्पनीको बोनस सेयर सूचीकृत
नेपालखोज
२०८० जेठ १५ गते १३:०२

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल), स्वरोजगार लघुवित्त वित्तीय संस्था र प्रभु इन्सुरेन्स लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।
एचआइडीसीएलको १ करोड ६ लाख ३८ हजार १३३.७५ कित्ता सेयर सूचीकृत भएको छ । यसले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
स्वरोजगार लघुवित्तको २२ प्रतिशत बोनस सेयर बराबरको ११ लाख ३१ हजार १८.०७ कित्ता सेयर सूचीकृत भएको हो ।
त्यस्तै, प्रभु इन्सुरेन्सको ८ लाख ६४ हजार १०६.७६ कित्ता सेयर सूचीकृत भएको छ । यसले गत वर्षको नाफाबाट ६.७० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
सोही सेयर सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।
सम्बन्धित
प्रतिक्रिया