सरकारले बजेट कार्यान्वयनमा जोड देओस् : वरिष्ठ उपाध्यक्ष अग्रवाल
नेपालखोज
२०७८ जेठ २४ गते १०:०५

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) का वरिष्ठ उपाध्यक्ष विष्णु अग्रवालले बजेट सुन्नमा राम्रो लागे पनि कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आज भर्चुअल माध्यमबाट गरेको बजेट कार्यान्वयन र चुनौती विषयक अन्तर्क्रियामा उनले बजेटमार्फत घोषणा भएको सबै कुरालाई कार्यान्वयनमा जोड दिनुपर्ने सरकारसँग आग्रहसमेत गरे ।
‘निजी क्षेत्रका लागि पनि बजेटले धेरै सम्बोधन गरेको छ,’ उनले भने, ‘बजेटले निजी क्षेत्रका विषयमा सम्बोधन गरेका कुराहरु कार्यान्वन होस् भन्ने चाहन्छु ।’ उनले बजेट कार्यान्वयनमा चुनौती देखिए पनि सरकार पछि नहट्नुपर्ने सुझावसमेत दिए ।
सम्बन्धित

प्रतिक्रिया