बजेटले जनताको माग सम्बोधन गरेको छ : अर्थ सचिव ढुंगाना
नेपालखोज
२०७८ जेठ २४ गते १०:४९
काठमाडौं । अर्थ मन्त्रालयका सचिव शिशिर ढुंगाना यो आर्थिक वर्षको बजेटमा जनताका माग सम्बोधन गर्ने भएको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आज भर्चुअल माध्यमबाट गरेको बजेट कार्यान्वयन र चुनौती विषयक अन्तर्क्रियामा उनले जनताका पक्षमा ल्याइएको बजेट कार्यान्वयनको चरणमा रहेको बताए ।
उनले बजेट सरकारसँगै जनताका अपेक्षा र चाहनालाई समेटेको दाबी गरे । उनले बजेटमा भएका विविध विषयहरुलाई थप प्रस्ट्याउने प्रयास गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया