मंगलबार, वैशाख १६, २०८२

आनन्दकुटी आइसोलेसनलाई चुजी फाउन्डेसनको सहयोग

नेपालखोज २०७८ जेठ २४ गते १२:०९


काठमाडौं । चुजी फाउन्डेसन, ताइवानले आनन्दकुटी विद्यापीठ, स्वयम्भुलाई अटो क्लेभ मेसिन एक थान, पोर्टेवेल एक्स रे मेसिन एक थान, ईको मेसिन एकथान एक थान हस्तान्तरण गरेको छ ।

फाउन्डेसनको तर्फबाट मैत्रीमहास्थवीर र मुकुन्द बिष्टले आनन्दकुटी आइसोलेसन सेन्टरलाई उक्त सामग्री हस्तान्तरण गरेको हो भने सेन्टरको तर्फबाट सांसद जीवन रामश्रेष्ठले ग्रहण गरेका हुुन ।

५० शय्या क्षमताको आइसोलेसन सेन्टरमाहाल २३ जनाउपचारका क्रममा छन् भने २५ जना कोभिड १९ जितेर स्वास्थ्यलाभ गरी डिस्चार्ज भइसकेका छन् ।

काठमाडौं क्षेत्र नं. ८ का सांसद जीवनराम श्रेष्ठको संरक्षकत्वमा काठमाडौं महानगरपालिका १५ वडा तथा स्थानियवासीको सहयोगमा संचालन भइरहेको यस अक्सिजनसहितको आइसोलेसनका लागि आनन्दकुटी विद्यापीठले स्थान उपलब्ध गराएको छ ।

मोडेल हस्पिटल नर्सिङ्ग कलेजबाट मेडिकल टिमले २४ सै घण्टा डाक्टर, नर्सको सेवा प्रदानगरिरहेको छ भने एक्स रे, ईसीजी कोभिड बिरामीको सम्पुर्ण परिवारलाई पीसीआर टेस्टको व्यवस्था पौष्टिक खाजा खाना लगायत सम्पूर्ण सुविधाहरु निःशुल्करुपमा प्रदान गर्दै आइरहेको छ ।

आइसोलेसनबाट स्वास्थ्य लाभ गरी घर फर्कनेहरुलाई अक्सिमिटर, थर्मोमिटर, सेनिटाइजर, मास्क, कोभिड बुकलेट तथा आवश्यक औषधीहरु निःशुल्क प्रदान गर्दै आएकोे संरक्षण सांसद श्रेष्ठले जानकारी गराउनु हुँदै फाउन्डेसन निरन्तर साथ र सहयोगका लागि कृतज्ञ रहेको बताउनु भएको छ । यसअघि पनि यसै फाउण्डेशनलेले पाँच थान अक्सिजन कन्सनटे«टर तथा विभिन्न सामग्री सहयोग हस्तान्तरण गरिसकेको छ ।

प्रतिक्रिया