शुक्रबार, वैशाख ७, २०८१

अभिनेता दिलीप कुमारको अक्सिजनकाे सहयाेगमा उपचार हुँदै

नेपालखोज २०७८ जेठ २४ गते १३:५१

नयाँ दिल्ली । बलिउड अभिनेता दिलीप कुमारको स्वास्थ्य बिग्रिएपछि मुम्बईको अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य स्थिर रहेको र उनकाे अक्सिजनको सहायतामा उपचार भइरहेको छ ।

उनको स्वास्थ्य अवस्थाको बारेमा राति ११:४५ बजे उनको ट्विटर अकाउन्टबाट सूचित गरिएको थियो कि उनलाई भेन्टिलेटरमा राखिएको छैन तर अक्सिजन भने चाहिएको छ ।

‘दिलीप कुमारको अवस्था स्थिर छ र उनलाई केही टेस्ट पनि गर्नुपरेको छ । यो पनि सूचित गरिएको छ कि चेस्ट विशेषज्ञ डा. जलील पारकरद्वारा उनको उपचार भइरहेको छ । यसका साथै, उनको स्वास्थ्यको बारेमा अफवाहहरू रोक्न मद्दतको लागि ट्विटर ह्यान्डलबाट मिडियालाई अनुरोध गरिएको छ ।’

दिलीपकुमारका नजिकका सहयोगी बशीर कोलोम्बोवालाले आइतबार बीबीसीलाई भनेका थिए, ‘उनलाई सास फेर्न गाह्रो भइरहेको छ, त्यसैले उनलाई अस्पताल लगिएको हो । तर चिन्ताको केही कुरा छैन । ऊ बुढो भइसकेकाेले हामी कुनै जोखिम लिन चाहँदैनौं त्यसैले उसलाई अस्पतालमा भर्ना गरिएको छ ।’

‘दिलीप कुमारकी श्रीमती सायरा बानुले सुप्रिया सोगलेलाई बताइन् कि दिलीप कुमारलाई नियमित चेकअप र उपचारका लागि गैर-कोभिड अस्पतालमा भर्ना गरिएको छ । बीबीसी

प्रतिक्रिया