बुधबार, जेठ ८, २०८२

नेपाल पक्षद्वारा ६ बुँदे प्रस्तावको जवाफसहित एकताका आधार अघि सार्ने तयारी

नेपालखोज २०७८ जेठ २४ गते १६:४८

काठमाडाैं । नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले राखेको ६ बुँदे प्रस्तावको जवाफसहित एकताका आधार अघि सार्ने तयारी गरेको जनाएकाे छ ।

स्थायी कमिटीको भर्चुअल बैठकले प्रस्तावको जवाफ दिँदै थप आधार अघि सार्ने निर्णय गरेको हो । स्थायी कमिटीले टुंग्याएर केही नेताहरुलाई उक्त जवाफ र आधार तयार पार्ने जिम्मा दिइएको छ ।

आइतबार नेपाल पक्षले वैकल्पिक बाटोबाट अघि बढ्ने निर्णय गरेसँग अध्यक्ष ओलीले एकताको आह्वानसहित ६ बुँदे प्रस्ताव अघि सारेका थिए ।

प्रतिक्रिया