शुक्रबार, वैशाख १४, २०८१

फेयर एन्ड लभ्ली गर्ल यामीले गरिन् बिहे, को हुन् उनका पति ?

नेपालखोज २०७८ जेठ २४ गते १८:०९

मुम्बई । फेयर एन्ड लभ्लीकी ‘लभ्ली गर्ल’ यामी गौतमले उरी द सर्जिकल स्ट्राइकका निर्देशक आदित्य धरसँग बिहे गरेकी छन् ।

आदित्य फिल्म लेखक तथा निर्देशक हुन् । आदित्य नेसनल फिल्म फेयर अवार्डबाट पनि सम्मानित भएका थिए । आदित्य र यामी तीन वर्षदेखि अफेयरमा थिए । उनीहरुको विवाह गुपचुप राखिए पनि यामीले सामाजिक सन्जालमा बिहेको तस्बिर सार्वजनिक गरेकी छन् । यामीको बिहेको तस्बिर सार्वजनिक भएसँगै उनका फ्यानहरु दंग परेको भारतीय सञ्चारमाध्यमहरुले खबर सार्वजनिक गरेका छन् ।

सानैदेखि आईएएस बन्ने सपना देखेकी यामी अहिले पर्दाको रंगिन दुनियाँमा चर्चित छिन् । उनले टेलिसिरियल हुँदै तेलगु तथा बलिउडमा समेत आफ्नो अभिनय देखाइसकेकी छन् । उनले बिक्की डोनर, एक्सन ज्याक्सन, बदलापुरलगायत हिट चलचित्रमा अभिनय गरेकी छन् ।

उनको बिहेपछि कंगना रनौतले सामाजिक सन्जालमा शुभकामना दिँदै भनेकी छन्, ‘हिमाञ्चलकी दुलही सुन्दर देखिएकी छन्, देवीजस्तै सुन्दरी देखिएकी छन् ।’

प्रतिक्रिया