बुधबार, जेठ ८, २०८२

अनलाइन व्यवसाय नरोक्न सर्वोच्चको अन्तरिम आदेश

नेपालखोज २०७८ जेठ २४ गते १९:१९

काठमाडौं । सर्वोच्च अदालतले कोरोना महामारीको समय प्रभावकारी देखिएको इ-कमर्शलाई नरोक्न अन्तरिम आदेश जारी गरेको छ ।

निकेत अग्रवाललगायतको रिटमा निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले अनलाइन माध्यमबाट हुने सामान खरिद, बिक्री र होम डेलिभरी सेवा नरोक्न अन्तरिम आदेश दिएको हो ।

गएको वर्ष काठमाण्डौ जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु तथा सेवाको होम डेलिभरी गर्नेसम्बन्धी मापदण्ड २०७७ जारी गरेको थियो । त्यही मापदण्डअनुसार पहिलो पटकको लकडाउनको समयमा होम डेलिभरी गर्न दिइएको थियो । तर यस वर्ष होम डेलिभरी गर्न रोक लगाएपछि निकेत अग्रवालसहितले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका थिए ।

होम डेलिभरी सम्बन्धी मापदण्डमा होम डेलिभरी गर्ने कम्पनी दर्ता भएको हुनुपर्ने, अनलाइन साइटमा सबै वस्तुको मूल्य सूची राख्नुपर्ने, सरकारले तोकेको जनस्वास्थ्य र सुरक्षाका मापदण्ड र प्रोटोकल पालना गर्नुपर्ने उल्लेख छ ।

प्रतिक्रिया