सरकारले तोकेको रकममा सङ्क्रमितको उपचार गर्न निर्देशन
नेपालखोज
२०७८ जेठ २४ गते २०:३६

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकिएको रकममा अस्पतालहरूले कोरोना सङ्क्रमितको उपचार गरेरनगरेकोबारे अनुगमन गर्न निर्देशन दिएको छ ।
सोमबार मन्त्रालयले एक सूचना जारी गर्दै सबै जिल्ला प्रशासनलाई अस्पतालमा सङ्क्रमितको उपचार तोकिएको रकममा नभएको पाइए कारबाही गर्न निर्देशन दिएको हो ।
यसअघि सरकारले सामान्य अवस्थाका कोरोना सङ्क्रमितको उपचार प्रतिदिन प्रतिव्यक्ति ३५ सय रुपैयाँ र गम्भीर बिरामीका लागि सात हजार रुपैयाँभन्दा बढी नलिन अस्पतालहरूलाई निर्देशन दिएको थियो ।

सम्बन्धित
प्रतिक्रिया