सोमबार, असार २, २०८२

पद्मश्री ग्रुपका कार्यकारी अध्यक्ष रोहिणी थपलियालाई मातृशोक

नेपालखोज २०७८ जेठ २४ गते २०:३९

काठमाडौं । पद्मश्री ग्रुपका कार्यकारी अध्यक्ष रोहिणी थपलियाकी आमा पद्म थपलियाको निधन भएको छ ।

१९८४ साल माघ २ गते जन्मनुभएकी पद्म थपलियाको ९४ वर्षको उमेरमा गएको जेठ १० गते निधन भएको हो ।

पद्म थपलियाको नामबाट जन्मिएको पद्मश्री ग्रुप अफ कम्पनी नेपालको बिजनेश सेक्टरमा अग्रपंक्तिमा स्थापित छ । यसैबाट थाहा हुन्छ कि यति ठूलो बिजनेश ग्रुप बनाउनका लागि उहाँले कति संघर्ष गर्नुभयो भनेर ।

१९६३ सालमा सिमराबाट पद्म काठ मिलबाट सुरु भएको उक्त कम्पनीलाई रोहिणी थपलियाका बुवा स्व. बद्रिप्रसाद थपलियाले स्थापना गर्नुभएको थियो । उक्त मिल पछि गएर कम्पनीको रुपमा पद्म फर्निचर फ्याक्ट्री प्रा.लि.का नामले प्रसिद्ध भयो । पद्मश्री अन्तर्गतका सवै कम्पनीहरुको नाम उहाँकी आमाको नामबाट राखिएको छ ।

पद्मश्री ग्रुपले माज्दा मोटर्सलगायतका ब्राण्डेड अटोमोबाइलहरु नेपालमा सप्लाई गर्दछ ।

प्रतिक्रिया