सय कामदार नपठाए इजाजत नवीकरण नहुने व्यवस्था खारेज गर्न माग
नेपालखोज
२०७८ जेठ २४ गते २१:१२

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले १ सय जना कामदार नपठाए ईजाजत नविकरण नहुने व्यवस्था खारेज गर्न माग गरेको छ ।
संघले सोमबार विज्ञप्ति जारी गर्दै वार्षिक १ सय जना कामदार वैदेशिक रोजगारीमा पठाउन नसक्ने ईजाजत पत्रवाला संस्थाको ईजाजत नविकरण नहुने व्यवस्थाले यस वर्ष ईजाजत पत्र प्राप्त संस्थामध्ये ८० प्रतिशत भन्दा बढि संस्थाको ईजाजत पत्र नविकरण नभई खारेज हुने अवस्था आएकाले उक्त प्रावधान गर्न माग गरेको छ ।


सम्बन्धित
प्रतिक्रिया